images
images
  • महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान, ‘देशको आन्तरिक सुरक्षा सुदृढ गर्छु’

    नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    गृह मन्त्रालयमा आज एक समारोहबिच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

    यसैबिच थापाले अपराध रोकथाम र अनुसन्धानमा प्रतिबद्धता जनाएका छन् । देशको आन्तरिक सुरक्षा सुदृढ गर्न पहल गर्ने उनले बताए ।

    यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति, सुरक्षा र सुशासन कायम गर्न थापालाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images