images
images
  • अमेरिकन एयरलाइन्सको विमान आकासमा हेलिकप्टरसँग ठोकियो

    अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको छ। यो जानकारी संघीय उड्डयन प्रशासनले दिएको हो।

    बीबीसीका अनुसार यो विषयमा अनुसन्धान भइरहेको छ। दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमाथि भएको हो।

    रेगन एयरपोर्टले एक्समा लेखेको छ- हालका लागि सबै उडान रोकिएका छन्।

    वासिङ्टन डीसीको आपत्‌कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ। त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देखिएका छन्।

    डीसी फायर र ईएमएस विभागका अनुसार विमान डीसी हुँदै बग्ने पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको थियो।

    विभागले एक्समा लेखेको छ- नदीमा खोजी जारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images