काठमाडौं – नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार एकैदिन प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार फेरि २ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार १ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यससँगै पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिएको छ ।


विश्व खबर 



















