images
images
  • देशमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानमा परी एक सातामै १७ जनाको मृत्यु

    काठमाण्डौ । देशमा मनसुन सक्रिय भएसँगै विभिन्न जिल्लामा भारी वर्षा भयो । भारी वर्षाकै कारण बाढी, पहिरो र डुबानमा परी एकै सातामा १७ जनाले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउनेमा १० पुरुष, ४ महिला, २ बालक र १ बालिका रहेका छन् । जसमध्ये सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, बाजुरा, बझाङ र प्युठानका १९१ जना रहेका छन् ।

    मनसुनजन्य विपद्बाट २२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये सिन्धुपाल्चोकका मात्रै २० रहेका छन् । बेपत्ताको खोजी कार्य भइरहेको छ ।

    यसेबीच आजदेखि फेरि भारी वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा धेरै पानी पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images