images
images
  • फेरि मेलम्चीमा बाढीकाे बबन्डर: दुई विद्यालय र हेलम्बु प्रहरी चौकी बगायो

    काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खुलामा फेरि बाढी आएको छ ।

    शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

    गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको शेर्पाले जानकारी दिए । बाढीले पुर्‍याएको अरू क्षतिबारे जानकारी नआएको उनले बताए ।

    बाढी आउँदा बस्तीमा पस्ने र कम हुँदा खेतियोग्य जमिन कटान हुने क्रम बढेको उनले बताएका छन् । यसअघि गत मंगलबार आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा अर्बौको क्षति भएको थियो ।

    मंगलवारदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म क्षति गराएको छ। बाढीको बहाव घट्ने बढ्ने भइरहेको स्थानीयले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images