images
images
  • विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु

    काठमाडौँ। विश्वमा बितेको २४ घण्टामा ३ लाख ८५ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सोही अवधिमा ८ हजार ५८६ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

    योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ८१ लाख ८५ हजार ३८९ पुगेको छ । अहिलेसम्म ३८ लाख ५७ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

    संक्रमित १६ करोड २६ लाख ८३ हजार १८२ जनाले कोरोनालाई जितेका छन् भने १ करोड १६ लाख ४४ हजार ७०३ जनामा सक्रिय संक्रमण छ।

    सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ८२ हजार ५१५ को स्वास्थ्य अवस्था गम्भीर छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images