झलनाथ खनालको ‘मिर्गौला फेल’ पछिको स्वास्थ्यमा जटिलता, थप उपचारका लागी दिल्ली प्रस्थान

झलनाथ खनालको ‘मिर्गौला फेल’ पछिको स्वास्थ्यमा जटिलता, थप उपचारका लागी दिल्ली प्रस्थान

विश्व खबर

@BishwoKhabar

२०७८ असार २ गते बुधबार ०९:१५

काठमाडौं-केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली गएका छन् । पछिल्लो लगातार ज्वरो आएपछि खनाललाई तीन दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै...

काठमाडौं-केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली गएका छन् ।

पछिल्लो लगातार ज्वरो आएपछि खनाललाई तीन दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गयो । उनमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले बताएको छ ।

गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो । त्यसबेला झलनाथको सचिवालयले समाचारको खण्डन गरेको थियो । तर, नर्भिक अस्पताल स्रोतले भने मिर्गौला फेल भएको पुनःपुष्टि गरेको छ ।

‘अहिले उहाँलाई देखिएको समस्या भनेको मिर्गौला फेल भएपछि हुने समस्या हो । उहाँको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । त्यसैले अक्सिजनको नियमित सपोर्टमा राख्नु परेको छ’, स्रोतले भन्यो । स्रोतका अनुसार हिजो उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो । यसको अर्थ उनको मुटुले राम्रो काम नगरिरहेको चिकित्सकले बताएका छन् । यसैगरी पिसाबमा पनि इन्फेक्सन देखिएको छ ।

नर्भिकले झलनाथको यहीँ उपचार सम्भव भएको बताए पनि परिवारले भने दिल्ली लैजाने निर्णय गरेका छन् । ‘हामीले उपचार गर्न सक्छौं भनेका हौं । तर, उहाँहरुले पहिलेदेखि एपोलोमा देखाइरहनु भएको रहेछ । अहिले पनि एपोलोको डाक्टरसँग कुरा गर्नुभयो र डाक्टरको सल्लाहमा नै लैजान लाग्नुभएको हो,’ स्रोतले भन्यो ।

खनाललाई एक महिना अगाडि मात्रै कोरोना संक्रमण भएको थियो । त्यसबेला उनी नर्भिक अस्पतालमा नै उपचार गराएर घर फर्केका थिए । अहिले ‘पोस्ट कोरोना’ को समस्या हो कि भनेर सुरुमा आँकलन गरिए पनि त्यस्तो नदेखिएको अस्पताल स्रोतले बतायो । अस्पतालका अनुसार खनालको ज्वरो घटेको छैन भने लगातार खोकी लागिरहेको छ । शरीर शिथिल भएर काम छुट्ने भएकाले क्रोनिक निमोनियाको शंका गरिएको छ ।

यसअघि खनालले भारतको एपोलो अस्पतालमा उपचार गराएका थिए । गएको माघ अन्तिम साता एपोलोमा उपचार गराएर खनाल स्वदेश फर्किएका थिए । गत वैशाखमा खनाललाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनी १० दिन नर्भिक अस्पतालमा नै उपचारपछि संक्रमणमुक्त भई वैशाख २७ मा घर फर्किएका थिए ।दुवै मिर्गौलामा समस्या देखिए पछि गत ३० माघमा एपोलो अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०९:१५
प्रतिक्रिया दिनुहोस
  • malaxmi

  • machha

  • prabhu bank

  • mdbank

  • ninm