काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको केही दिनअघि बसेको बैठकले आज अर्थात असार १ गतेदेखि एक सातासम्मका लागि निषेधाज्ञा थप्दै केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
जस अनुसार आजदेखि हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न पाइने छ ।हार्डवेयर र पुस्तक पसलहरु बिहान ११ बजेसम्म मात्र खुल्ला हुनेछन् भने अनलाइन डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।
त्यस्तै हिजोसम्म ९ बजेसम्म मात्र खोल्न पाइएको किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु आजदेखि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि बिहान ११ सम्म मात्र खोल्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















