images
images
  • मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गर्न भन्दै फाईनान्स फ्रेन्डसँग सम्झौता गरेको जनाएको छ ।

    बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र फाईनान्स फ्रेन्डका तर्फ बाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

    बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images