काठमाडौं– नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।
भारतबाट पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २० रूपैयाँले बढेर आए पनि नेपालमा भने पुरानै मूल्य यथावत राखिएको हो ।
नजिकिदो चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नयाँ निर्णयअनुसार बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रूपैयाँ ५० पैसादेखि २०० रूपैयाँसम्म रहनेछ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँ नै कायम रहनेछ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रूपैयाँ घाटा हुने निगमको विज्ञप्तिमा उल्लेख छ ।
इन्धनको स्वचालित मूल्य प्रणालीमा ‘ब्रेक’ ! भारतबाट पटक–पटक बढेर आए पनि नेपालमा मूल्य स्थिर



विश्व खबर 

















