images
images
  • आजको मौसम पूर्वानुमान : देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    हाल देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।

    आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    त्यस्तै, आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक : मौसम पूर्वानुमान महाशाखा

    प्रतिक्रिया दिनुहोस्
    images
    images