पर्वत– पर्वतको जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ ।
आज मंगलबार बिहान करिब ५:३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएका थिए । घटनापछि तत्काल उद्धार टोली परिचालन गरी उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
आचार्यलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















