images
images
  • पछिल्लो बाढीपहिरोमा परी ३१ जनाको ज्यान गयो, १२ जना बेपत्ता

    काठमाडौं– अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३१ जनाले ज्यान गुमाएका छन् ।

    नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १० जना, मनाङमा ४ जना, म्याग्दीमा ६ जना, पाल्पामा ५ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।

    बाढी, पहिरो लगायतका विपद्‍मा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । साथै १२ जना बेपत्ता भएका छन् भने उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    बाढी पहिरोका कारण १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने यस अवधिमा १ सय १३ वटा पशु चौपायको मृत्यु भएको र विपद्‍का घटनाबाट २ हजार ३ सय २२ घर परिवार विस्थापित भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images