images
images
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा १ लाख डलर सहयोग

    काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

    गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको जनजीवन र जीविकोपार्जनमा ठूलो चुनौती तथा अवरोध सिर्जना भएको बताए ।

    प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै राणाले समुदायलाई आवश्यक परेको समयमा साथ दिने बैंकको प्रतिबद्धताअनुसार उद्धार कोषमा योगदान गरिएको बताए ।

    बैंकका अनुसार प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनःप्राप्ति तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त योगदान गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images