images
images
  • कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक

    काठमाडौं– एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुका लागि छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ। कमशल, शंकास्पद र खराब गरी तीन वटा कर्जामा छुट योजना ल्याएको हो।

    जस अनुसार कमसलमा १० प्रतिशत, शंकास्पदमा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। हाल देशमा रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न उक्त योजना ल्याइएको बैंकले जनाएको छ।

    २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्ता नगर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ।

    मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वाचालू पुँजीकर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागीभई लाभ लिन सक्नेछन्।

    यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images