images
images
  • टेलिकमले उच्च र जिल्ला अदालतमा दूरसञ्चारसेवा उपलब्ध गराउने

    काठमाडौं । नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरुमा विविध दूरसञ्चारका सेवाहरु उपलब्ध गराउने सम्झौता भएको छ ।

    सेवाहरु उपलब्ध गराउनेसम्बन्धमा बुधबार टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार टेलिकमले तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस उपलब्ध गराउने टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    टेलिकमका अनुसार हाल यो सेवा सम्पूर्ण उच्च अदालतअन्तर्गतका इजालसहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images