images
images
  • महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई विद्युतीय सवारी किन्दा सहयोग गर्ने

    महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहल कदमीको सुरुवात गरेको छ । विकास बैंकले आलय प्रा।लि। र रायन इनजीको सहकार्यमा यस्तो पहल थालेको हो ।

    जस अन्तर्गत बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खदिको लागि वित्तीय सहयोग प्रदान गर्ने जनाइएको छ । साथै आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जीले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरु आपुर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ ।

    बैंकका अनुसार सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहने छ । साथै यो सम्झौताले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ ।

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपुर्ण उदाहरणको रुपमा रहनेछ ।

    बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images