images
images
  • फागुको खुसियालीः एनसेलको इण्डिया रोमिङ् प्याकमा होली छुट अफर, विशेष भिडियो सन्देश

    काठमाडौँ। एनसेलले फागु पुर्णिमा अर्थात होलीपर्वको अवसरमाहोलीअफर ल्याएको छ । यस अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट दिएको छ । यो अफर मार्फत ग्राहकहरूले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

    आज शुक्रबार (चैत ९) बाट संचालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित सय पर्ने इण्डिया रोमिङ् प्याक अब मात्र रु ७५ सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याकलिएर आफ्नो दूरसञ्चार सेवाखर्चमा कटौती गर्न सक्छन् ।

    होलीपर्वको अवसरमा, एनसेलले विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधिको प्रयोगमार्फत कसरी बुवा आमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ । सन्तानका हरेक खुसीकालागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।

    भिडियो सन्देशले पर्वलाई विषेश बनाउने र होली छुट अफरले भारत भ्रमणका बेलामा पनि ग्राहकलाई सुलभ शुल्कमा सम्पर्कमा रहिरहन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ ।

    यो प्याक सुचारु गरेपछि प्रतिदिन रु २५ का दरले ३ दिनसम्म रोमिङ् सेवाको पहुँचबाट फाइदालिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथग्राहकले तत्काल पाँच सय एमबी डेटा पाउँछन् जसले सामाजिक सञ्जाल लगायतका माध्यमहरु मार्फत सम्पर्कमा सहिरहन मद्दत गर्दछ । साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् ।

    यो प्याकमा इनकमिङ् कल उठाउन र भारतमा कलगर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले कर सहितमात्र रु १६.४८ प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथमात्र कर सहित रु ६.३४ माएसएमएस पठाउन सकिन्छ ।

    ग्राहकहरुले सजिलै एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याकलिन सक्छन् । त्यसैगरी यो प्याक अन्यमाध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ ।

    यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने स्थानिय बासी, साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ ।

    एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहने यो प्याकग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याकलिएर होली अफरको छुटबाट फाइदा लिनसक्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images