काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, लगानी, उत्पादन र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, धौलागिरि लघुवित्त, पिपुल्स पावर लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















