images
images
  • तीन बैंकले लगानीकर्तालाई लाभांश दिन नपाउने

    काठमाडौँ । चालु आर्थिक वर्षमा जति नाफा कमाए पनि तीन बैंकले लाभांश बाँड्न नपाउने भएका छन्।

    राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको महत्त्वपूर्ण वित्तीय सूचकले यस्तो देखाएको हो। राष्ट्र बैंकको यस्तो तथ्यांक अनुसार एनआइसी एशिया बैंक, कुमारी बैंक र प्रभु बैंकले लाभांश बाँड्न नपाउने भएका हुन्।

    पुस मसान्तमा एनआइसी एशिया बैंकको यस्तो अनुपात ८.०४ प्रतिशत, कुमारी बैंकको ८.०३ प्रतिशत र प्रभु बैंकको ८.१२ प्रतिशत छ।

    राष्ट्र बैंकको नियम अनुसार यस्तो अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ। कुनै एउटा त्रैमासमा मात्रै पनि जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी कोष पर्याप्तता अनुपात तोकिएकोभन्दा कम भएमा बैंकहरूले लाभांश बाँड्न पाउँदैनन्।

    जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी कोष अनुपात पुगे पनि यो अवधिमा अन्य चार बैंकलाई समेत पुँजी दबाब देखिन्छ। यसरी पुँजी दबाब देखिने बैंकहरूमा सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र नबिल बैंक छन्।

    यी बैंकहरूको जोखिम भारित सम्पत्तिको तुलनामा कुल पुँजी कोष पर्याप्तता अनुपात १२ प्रतिशतभन्दा कम छ।

    423737869 2522360061270880 7631497158292892811 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images