images
images
  • ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ।

    बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका-६, हुस्लाङ र बन्दिपुर गाउँपालिका-६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

    यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ ।

    बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images