images
images
  • बीएन्डसीलाई सम्बन्धन दिने तरखर, सैद्धान्तिक सहमति

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापामा रहेको बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बीएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति जुटाएको हो ।

    आयोगले भनेको छ, ‘सैद्धान्तिक सहमति भएको हो । तर बीएण्डसीको पक्षमा नै निर्णय हुन्छ । शिक्षा ऐनले बीएण्डसीले सम्बन्धन पाउन कुरा रोक्न सक्दैन ।’ राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गर्ने काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख छ ।

    आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने समेत उल्लेख छ । बीएन्डसीले २०७२ मै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको बताइँदै छ ।

    चिकित्सा शिक्षा सुधारको माग राखेर निरन्तर सत्याग्रह गरिरहेका डा. गोविन्द केसी र उनका समर्थकहरुले भने बीएन्डसीलाई सम्बन्धन दिन नहुने भन्दै विरोध गर्दै आएका छन् । डा. केसी र उनको एलाइन्सको विरोधकाबीच आयोगले बीएन्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images