काठमाडौँ । आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा स्मार्ट हेल्थ (सुरक्षित भव:) नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ । यो सुविधा आईएमई पेमार्फत प्राप्त गर्न सकिने छ ।
यसबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने जनाइएको छ ।
व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरूसमेत समेटेको छ ।
डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसेढुंगा साबित हुने विश्वास लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















