images
images
  • कृषि विकास बैंकले बाेलायाे वार्षिक साधारणसभा

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    बैंक सञ्चालक समितिको सोमबार (फागुन ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम केन्द्रमा बिहान ११ बजेबाट हुनेछ।

    सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुनबमोजिम संशोधन गर्नुपर्ने भएमा वा नियमनकारी नियकाबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकतानुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथै बैंकका सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्याँस कम्पनीको उक्त आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ।

    चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक र सेवासर्त तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसपालिको वार्षिक साधारणसभामा बैंकले लाभांशको प्रस्ताव भने लैजाने छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images