images
images
  • सुनको मूल्य तोलामा ४ सयले बढ्यो

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो ।

    हिजो आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । गत साताको शुक्रबारको तुलनामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको थियो । सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय १० रुपैयाँ कायम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images