images
images
  • महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा पर्न सफल

    काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ‘ए’ वर्गमा पर्न सफल भएको छ।

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाहरू ‘ए’ वर्गमा पर्ने व्यवस्था रहेको छ।

    विगत २८ वर्ष बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images