images
images
  • सुनको मूल्य घट्यो, चाँदी भने स्थिर

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने आज स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images