images
images
  • फागुनमा बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।
    २० वाणिज्य बैंकहरुको ब्याजदर फागुनमा औषत ब्याजदर ०.४० प्रतिशतविन्दु घटेको छ।

    माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशतविन्दुमा सीमित भएको छ।

    त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दु घटेको छ।

    फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.९० प्रतिशतविन्दु घटाएको हो।

    फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    638433234491617636

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images