images
images
  • सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

    काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन ९१ कम्पनीको सेयरमूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images