images
images
  • पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुसँग छलफल गर्दै सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन्।समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

    संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

    उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’

    बैठक आज दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ। छलफलका लागि बुधबार नै सबैलाई पत्र पठाइएको सभामुखको सचिवालयले बताएको छ।

    यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images