images
images
  • नेप्से परिसूचक २७ दशलमव ७५ अंकले बढ्यो

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेर २ हजारमाथि उक्लिएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ७५ अंकले बढेर २,०२२ दशलमव ३५ को विन्दुमा कायम भएको हो।

    आइतबार १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै उपसमुह बढेका छन् ।

    आज दिनभरिमा २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बजारमा हरियाली छाएसँगै ११ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

    आइतबार सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, सोनापुर मिनरल्सको १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोडमाथि शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images