images
images
  • आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौैं- सुनको भाउमा लगातार गिरावट आइरहेकाे छ। आइतबार तोलामा १३ सय र सोमबार ५०० ले घटेको सुन आज मंगलबार पुनः प्रतितोला ७०० ले सस्तिएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १६ हजार ३०० र तेजावी सुन १ लाख १५ हजार ७५० रुपैयाँ प्रतितोला कायम भएको हो। सोमबार छापावाला सुन १ लाख १७ हजार र तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कायम भएको थियो।

    यता आज चाँदीको मूल्यभने स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कायम भई कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images