images
images
  • टेलिकम प्रयोगकर्तालाई आजदेखि एक महिने निःशुल्क इन्टरनेट सेवा

    काठमाडौं- नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा दिने भएको छ।

    नेपाल टेलिकमले मंसिर २५ गतेदेखि लागू हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका प्रयोगकर्तालाई प्रोमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको इन्टरनेट उपलब्ध गराउने भएको हो।

    यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात १ डायल गरी अनुरोध गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनका अनुसार नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ।

    एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ। एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्न चाहने प्रयोगकर्ताले पुनः १९८ मा फोन गरेर वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सःशुल्क रुपमा सेवा प्रयोग गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images