images
images
  • सतिशलाल भन्छन्-‘एनसेलको सेयर प्रतिष्पर्धाबाट किनेका हौँ, कानूनबमोजिम कर तिर्नुपरेमा तिर्छौं’

    काठमाडौं-सतिशलाल आचार्यले एनसेलका सबै कारोबार नेपालको कानूनबमोजिम र पारदर्शी हुने प्रतिवद्धता जनाएका छन् ।

    एक विज्ञप्ति जारी गर्दै आचार्यले शेयर बिक्री प्रक्रियामा आजियाटाले प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको र स्पेक्ट्रलाइट युकेले प्रतिष्पर्धामा नै कम्पनीको सेयर किनेको दाबी गरेका छन् ।

    ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुऱ्याउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    आचार्यले आजियटाले सहमति अनुसार बेस पेमेन्ट बाहेक थप पाँच बर्ष (२०२९ सम्म) नाफाको हिस्सा पाउने पनि बताएका छन् । सेयर खरिदकर्ता आचार्यले एनसेलले अहिलेसम्म सबै कर दायित्व पालना गरेको र सेयर कारोबारको विषयमा कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार तिर्न तयार रहेको बताएका छन् ।

    साथै उनले आफुहरु हाल नेपाल दूरसञ्चार प्राधिकरणसँग आवश्यक सहमतिका लागि छलफलमा रहेको बताएका छन् ।

    एनसेलले जारी गरेको विज्ञप्ति :

    Ncell press note

    प्रतिक्रिया दिनुहोस्
    images
    images