images
images
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

    काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

    बुधवार तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रुपैयाँले बढेर तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै तेजाबी सुन तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images