काठमाडौं। दुर्गा प्रसाईंका समर्थकले झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुमाथि अभद्र व्यवहार गरेका छन्। लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई बैंकबाट जबरजस्ती बोलाएर एक चिया पसल पुर्याएका थिए ।
त्यहाँबाट समेत उनलाई झापास्थित प्रसाईंको अस्पताल बीएण्डसीमा लैजान खोज्दा नमानेपछि अभद्र व्यवहार गरेका थिए। सो घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बास्तोलाका अनुसार अहिले दुवै पक्षबीच छलफल भइरहेको छ।
बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















