images
images
  • १४ दिन आईसीयूमा बसेर बिहीबार डिस्चार्ज भए गायक दीप श्रेष्ठ


    काठमाडौं । कोरोना संक्रमणका कारण करिब दुई साताको अस्पताल बसाईपछि बिहीबार वरिष्ट गायक दीप श्रेष्ठ डिस्चार्ज भएका छन्।

    संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई १४ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो।

    श्रेष्ठ विरामी भएका कारण उनी निर्णायक रहेको गायन रियालिटी सो द भ्वाइस अफ नेपालको प्रशारण एक साताका लागि स्थगित भएको थियो। त्यस कार्यक्रमका अर्का निर्णायक प्रमोद खरेललाई पनि कोरोना संक्रमण भएको थियो। उनी निको भइसकेका छन्।

    श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images