images
images
  • सरकारले भारत विरोधी नेपाली फिल्म प्रदर्शन गर्न नदिने

    काठमाडौं– बालेन सरकारले नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने कथावस्तु भएका फिल्मलाई नेपालमा प्रदर्शन अनुमति नदिने निर्णय गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३)को पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

    उक्त व्यवस्थाअनुसार मित्रराष्ट्र (भारत–चीन) सँगको सम्बन्धमा प्रतिकूल असर पर्ने वा राष्ट्रिय सुरक्षा र शान्तिविरुद्ध देखिने चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन सक्ने छैन ।

    यो निर्णय भारतीय फिल्म ‘अल्फा’ सम्बन्धी विवादपछि आएको हो ।

    मन्त्रालयले निर्माता, वितरक तथा सरोकारवालालाई पनि यस व्यवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images