images
images
  • नेहा धुपिया: २४ वर्षपछि पनि उत्तिकै बोल्ड भूमिका

    काठमाडौं-  सन् २००४ को समय भारतीय फिल्म क्षेत्र र नेहा धुपियाका लागि विशेष थियो । ‘ब्युटिफुल माइन्ड बोल्ड प्रोफेसन’ फिल्मको मुख्य आशय यही थियो । एउटा सामान्य मानिस कसरी कल गर्ल बन्न सक्छिन् भन्ने कुरा राम्रोसँग प्रस्तुत गरिएको सो समयले दक्षिण एसियाली समाजको कटु यथार्थलाई प्रस्ट पारेको थियो ।

    दक्षिण एसियाको समाजमा भ्रष्टाचार सामान्य भएको छ । यो समाजमा बाहिर देखिने प्रतिष्ठित अनुहारको भित्री रहस्य जे पनि हुनसक्छ । दीपक सदासिनीको फिल्मले त्यसैअनुसार हाम्रो समाजको एउटा महिला पात्रलाई सशक्त रूपमा प्रस्तुत गरेको हो ।

    चलचित्रमा हरेक डाइलगले दर्शकको ध्यान तान्ने गरेका छन् । महँगा होटेल तथा रेस्टुराँहरूमा फिल्मको सुटिङ गरिएको थियो ।

    सन् २००३ मा धुपियाले कयामतबाट हिन्दी फिल्म दुनियाँमा पाइला टेकेकी थिइन् । जुलीको सफलतापछि पनि उनले केही राम्रा चलचित्रमा अभिनय गरेकी थिइन् । सन् २००५ को क्या कुल हे हम’ र सन् २००६ को ‘चुप चुप के’ उनका मूल सफल फिल्म हुन् ।

    सन् २००७ मा प्रदर्शन भएको ‘तुमहरु सालु’ को प्रदर्शनपछि फिल्मी दुनियाँमा उनको उपस्थिति घटेको झैँ महसुस भएको थियो । सन् २०२२ मा प्रदर्शन भएको ‘थर्सडे’ले फेरि दर्शकका माझ उनी आएकी थिइन् ।

    समय फेरिएको छ । २२ वर्षपछि नेहा धुपिया फेरि फिल्ममा बेजोड रूपले फर्कने पक्का भएको छ । एक जना फुटबलर प्रेमी तथा फुटबलरप्रति आशक्त दर्शकको कथामा बन्ने ५२ ब्लुले नेहालाई फेरि एक पटक संसारभर चिनाउन सक्नेछ ।

    सङ्घर्ष गरिरहेको परिवारको एउटा युवा आफ्नो बाल्य कालदेखिको आदर्श लियोनेल मेसीलाई भेट्ने आसका साथ सन् २०२२ मा विश्वकप आयोजना भएको कतारमा पुग्छ । हो, त्यसै बालकको आमाको भूमिकामा नेहा छिन् ।

    यस फिल्म अप्रिल १९ का दिन वासिङ्टन फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । साथै अन्य केही देशका फेस्टिभलहरूमा प्रदर्शन भइरहेको छ । यसकारण फिल्मको व्यापक प्रदर्शनको मिति तय छैन । साथै डिजिटल प्लेटफर्महरूमा रिलिजको मिति अझै तय भएको छैन ।

    फिल्म निर्देशक अल अरबीले मेसी आफैं फिल्मको कुनै पात्र झैँ नदेखिए पनि उनको कारण धेरै दृश्य देखिएको बताएका छन् । मेसीसँगको मित्रताको कुरा नभई मित्र बन्ने चाहनाको कुरा फिल्ममा देखाइएको बताए ।

    हरेक व्यक्तिको जीवनमा आफ्नो लक्ष्य तय गर्ने र त्यसैअनुसार चल्ने अधिकार रहेको कुरा देखाउन खोजिएको निर्देशक अल अरबी बताउँछन् ।

    यस फिल्ममा चयन भएपछि नै नेहाले आफू हर्षले विभोर भएको बताएकी छन् । उनले इजिप्टदेखि निर्देशक उनलाई हेर्नकै लागि त्यहाँ पुगेको समेत बताएकी छन् । जीवनमा आफूले त्यस किसिमको भूमिकाको अपेक्षा नै नगरेको उनको कथन छ ।

    ‘पहिलो पटक फिल्मको अफर आउँदा एक भावुक आमाको भूमिकाका लागि भनेपछि म आश्चर्यमा परेको थिएँ’, नेहाले भनेकी छन् । उनले यसअघि प्रदर्शन भएका मिथ्या र थर्स डे जस्ता फिल्म पनि नयाँ प्रयोग भएका कारण हरेक चुनौतीका लागि आफू सक्षम रहेको महसुस गरेकी छन् ।

    अरबीसँग पहिलो पटक भर्चुअल बैठक भएको समयमा नै नेहालाई उनले आँखाको भाव अध्ययन गर्दा नै भावुक भूमिकामा अभिनय गर्न लायक भएको भन्दै प्रशंसा गरेका थिए । उनले नेहालाई विश्वास गर्नुको कारण पनि यसै भएको बताए ।

    यो नै सबैभन्दा बोल्ड भूमिका

    Neha Dhupia e

    उनले बाल्यकालको सम्झना गर्दै यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा आफूलाई प्रस्तुत गर्ने सपना कहिले पनि नभएको बताएकी छन् । फिल्म हेरिसकेपछि लन्डनमा रहेको निर्माता प्रकाश झाले समेत उनको तारिख गरेका छन् । सोही तारिफका कारण नेहालाई अझ बढी उत्साहित तुल्याएको छ ।

    नेहाकै बिचारमा ‘५२ ब्लु’ को भूमिका कला जीवनकै सबैभन्दा बोल्ड भूमिका हो । ग्लामरविना सबै दर्शकलाई आफ्नै सेरोफेरोमा घुमाउनु पक्कै पनि चानचुने होइन । उनले यस फिल्मले आफूलाई एकदमै बहादुर बनाएको पनि महसुस गरेकी छिन् ।

    यसअघि पनि उनको खेलकुदसँग सम्बन्धित फिल्ममा काम गर्ने चाहना भने नभएको होइन । उनले बायोपिकमा काम गर्ने चाहना धेरै अघि राखेकी थिइन् । आफू पनि कुनै समय एथलेटिक्समा आबद्ध भएका कारण उनमा सो रुचि जागेको हो । उनले यसपछि पनि नयाँ भूमिकामा लागि आफू तयार भएको बताएकी छन् ।

    दुई दशकभन्दा बढी समय फिल्म, टेलिफिल्म, पोडकास्ट र ओटीटीलगायत क्षेत्रमा बिताएकी उनलाई अझ नयाँ भूमिकाको प्रस्ताव आउने आशाले छाडेको छैन । साथै नयाँ चुनौतीको सामना गर्ने जोस पनि घटेको छैन ।

    यो फिल्म आफैंमा आशाको विषयमा रहेको छ । कठिन र अपत्यारिला लाग्ने सपना बुन्ने हक सबैलाई छ । नेहा आफैं पनि यस फिल्मको मूल विषयमा सहमत छिन् ।

    २३ वर्ष मात्र पुरा भएको समयमा नेहा धुपियाको जुली बजारमा आएको हो । २३ वर्षको उमेरमा उनको फिल्म भारत र नेपालमा समेत सर्वाधिक हेरिएको थियो । ४५ वर्षको उमेरमा उनको यो फिल्म नयाँ कोशेढुङ्गा बन्नसक्छ । आशा गरौं २२ वर्षको अन्तरालमा नेहा धुपिया फेरि एक पटक छाउनेछिन् । तर यस पटक दक्षिण एसियामा मात्र होइन, संसारभरि नै ।

    – टाइम्स अफ इन्डिया, हलिउड रिपोर्टर र न्युज २४ अनलाइनलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images