काठमाडौं- बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा आइतबार साँझ अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्।
बीबीसी न्युज मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू थाना क्षेत्रभित्र गोली प्रहारको घटना भएको हो । मुम्बईको पश्चिम क्षेत्रका पुलिस डीसीपी मोहित गर्गले टाइगर श्राफसँग जोडिएको यो गोली प्रहारको घटनाको पुष्टि गरेका छन्।
डीसीपी मोहित गर्गका अनुसार टाइगर श्राफ सुरक्षित छन् । उनलाई गोली लागेको छैन र उनी घाइते भएका पनि छैनन् ।
उनले गोली प्रहारको घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्






















