काठमाडौं– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
यसअघि उनी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए ।
शुक्रबार सार्वजनिक अन्तिम उम्मेदवार सूचीअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षमा सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई पनि निर्विरोध भएका छन् ।
महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनअन्तर्गत अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















