images
images
  • यी हुन् भारतका धनाढ्य अभिनेता, कसको सम्पत्ति कति ? (सूचीसहित)

    काठमाडौं– बलिउड अभिनेता शाहरूख खानको सम्पत्ति पछिल्लो एक वर्षमा २५ सय करोड भारतीय रुपैयाँले घटेको छ ।

    हुरुन इन्डिया रिच लिस्ट, २०२६ अनुसार उनको कुल सम्पत्ति १० हजार करोड भारू अनुमान गरिएको छ ।

    रेड चिलीज इन्टरटेनमेन्ट र कलकत्ता नाइट राइडर्स स्पोर्ट्सले उनको सम्पत्तिमा मुख्य योगदान पुर्‍याउँछन् ।

    सम्पत्ति घटे पनि उनी भारतका सबैभन्दा धनी अभिनेताको रूपमा कायम छन् ।

    अमिताभ बच्चन ४ हजार करोड रुपैयाँसहित दोस्रो स्थानमा छन् ।

    गत वर्ष उनको सम्पत्ति १ हजार ६३० करोड थियो, जुन यस वर्ष उल्लेखनीय रूपमा बढेको छ ।

    सलमान खान ३ हजार करोड रुपैयाँसहित हुरुन इन्डियाको धनी सूचीमा पहिलो पटक परेका छन् ।

    ऋतिक रोशन २५ सय करोड रुपैयाँसहित सूचीमा छन् ।

    गत वर्ष उनको सम्पत्ति २ हजार १६० करोड थियो ।

    उनको फिटनेस ब्रान्ड एचआरएक्सको बजार मूल्य वृद्धि सम्पत्ति बढ्नुको मुख्य कारण हो ।

    यस पटक जुही चावला र करण जोहर भने हुरुन इन्डिया रिच लिस्टमा पर्न सकेनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images