images
images
  • म्याराथन धाविका दीपमाला बनिन् मिस नेपाल वर्ल्ड

    काठमाडौं– दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी छिन् ।

    आज शनिबार द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा ढकाललाई यस बर्षको मिस नेपाल घोषणा गरिएको हो ।

    दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ समेत बनेकी थिइन् । उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन संस्था ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छन् ।

    उनी तेक्वान्दोकी खेलाडी, र्‍याम्प मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविका पनि हुन् । दीपमालाको परिवारसँग पनि मिस नेपालको विशेष सम्बन्ध रहेको छ । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् ।

    यसैगरी, आर्या निशान्तले मिस नेपाल इन्टरनेसनल २०२६ को उपाधि जितेकी छन् भने काशिश सुब्बाले मिस नेपाल कोस्मो उपाधि जितेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images