images
images
  • दीपावलीमा प्रदर्शन हुने ‘रामायण’ले पहिलो दिन कति कमाउला ? यस्तो छ विश्लेषण

    काठमाडौं– रणवीर कपुरको ‘रामायण’ यस वर्षको सबैभन्दा बढी प्रतिक्षित चलचित्रहरूमध्ये एक हो ।

    नितेश तिवारीद्वारा निर्देशित यस चलचित्रले सार्वजनिक भएका ट्रेलरदेखि लिएर विभिन्न पोस्टरहरूसम्मका कारण दर्शकहरूमाझ निकै उत्साह जगाएको छ । आखिर यो एक अर्बभन्दा बढी मानिसहरूका लागि गहिरो आध्यात्मिक महत्त्व बोकेको महाकाव्यमा आधारित चलचित्र हो । बजेटको हिसाबले पनि यो भारतीय चलचित्रको इतिहासमै सबैभन्दा ठूलो चलचित्र बन्न पुगेको छ। यसै सन्दर्भमा यस चलचित्रले प्रदर्शनको पहिलो दिन कस्तो व्यापार गर्न सक्ला ?

    कुनै चलचित्र अत्यधिक सफल हुँदा त्यसप्रतिको अपेक्षा पनि सोहीअनुरूप बढ्ने गर्छ । रणवीर कपुर, यश र सनी देओल जस्ता चर्चित कलाकारहरूको अभिनय रहने भएकाले यो चलचित्रले अहिले नै निकै चर्चा बटुलिरहेको छ । यद्यपि ‘रामायण’ दीपावली अघि प्रदर्शन हुने तयारीमा छ, जुन समयलाई प्रायः चलचित्र हलमा नयाँ फिल्म प्रदर्शनका लागि सुस्त मानिन्छ । पछिल्ला वर्षहरूमा यो प्रवृत्तिमा केही कमी आए पनि यसको प्रभाव अझै कायमै छ ।

    ‘रामायण’ जस्तो चलचित्रको हकमा यसको प्रभाव अझ बढी महत्त्वपूर्ण हुन सक्छ किनकि यसको पहुँच ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीका बजारहरूसम्म गहिरो छ, जहाँ प्रायः महानगर वा ‘ए’ श्रेणीका सहरहरूको तुलनामा दीपावलीअघि व्यापारमा बढी मन्दी देखिने गर्छ ।

    यसैबीच ‘पिंकभिला’ ले अनुमान गरेको छ कि रणवीर कपुर अभिनित ‘रामायण’ ले ६५ देखि ७५ करोड रुपैयाँको हाराहारीमा ओपनिङ (सुरुआती व्यापार) गर्न सक्छ । यद्यपि वास्तविक तथ्याङ्क भने चलचित्र प्रदर्शनमा आएपछि मात्र थाहा हुनेछ ।

    ‘रामायण’ मा रणवीर कपुर भगवान् रामको, साई पल्लवी सीताको, यश रावणको, सनी देओल हनुमानको र रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन् । उनीहरूका साथै लारा दत्त, अरुण गोविल र रकुल प्रित सिंहलगायत अन्य धेरै कलाकारहरू पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन् ।

    ‘रामायण’ को पहिलो भाग यस वर्षको नोभेम्बर ५ मा विश्वभर रिलिज हुनेछ भने दोस्रो भाग सन् २०२७ को दीपावलीमा आउनेछ । यी चलचित्रहरू हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज गरिनेछन् । नितेश तिवारीद्वारा निर्देशित यस चलचित्रको निर्माण नमित मल्होत्राको ‘प्राइम फोकस स्टुडियोज’ ले डीएनइजी (आठ पटक ओस्कार जितेको भिजुअल इफेक्ट्स कम्पनी) र यशको ‘मोन्स्टर माइन्ड क्रिएसन्स’ सँगको सहकार्यमा गरिरहेको छ ।

    यस परियोजनामा भारतीय पौराणिक कथालाई भव्य भिजुअल इफेक्ट्ससँग संयोजन गरिएको छ भने यसको संगीत एआर रहमान र हान्स जिमरले तयार पारेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images