images
images
  • एक भर्सटाइल एक्टर- नाना पाटेकर

    काठमाडौं–  ‘एक हि मच्छर आदमीको हिजडा बना देता हे’, दक्षिण एसियाली समाजको तितो यथार्थ देखाउने त्यो वाक्य चलचित्र यशवन्त को हो । यशवन्त सन् १९९७ मा प्रदर्शनमा आएको बलिउड फिल्म हो । नाना पाटेकरलाई फिल्मी जगतमा सनसनीपूर्ण स्टारको रूपमा स्थापित गराउन यो चलचित्र सफल भएको हो ।

    नाना पाटेकर र मधुको मुख्य भूमिका रहेको यशवन्त साफी इमानदारको अन्तिम फिल्म हो । सो फिल्म रिलिज हुनुअघि नै इमानदारको निधन भएको थियो ।

    यशवन्तका स्टार नाना पाटेकरले ७५ वर्षको उमेरमा बिहीबार यो संसारबाट बिदा लिए । गोवामा बसोबास गर्दै आएका उनको हृदयघातको कारण मृत्यु भएको जनाइएको छ । मणिपाल कलेजका डा. शेखर लिवाटले लगातार ४५ मिनेटको सीपीआरको प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको बताए ।

    बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेताले उनको मृत्यु भारतीय कला क्षेत्रको अपूरणीय क्षति भएको प्रतिक्रिया दिए । बलिउड भेट्रान अनुपम खेरले त पाटेकरलाई एउटा राम्रो कलाकार र असल मानिसको रूपमा सधैँ सम्झनुपर्ने बताए ।

    स्टार शाहरुख खानले नाना पाटेकरलाई आफ्नो शिक्षक, अभिभावक र साथीको रूपमा सम्झने बताए । कमेडी फिल्ममा उनीसँगै काम गरेका अक्षय कुमारले नाना पाटेकरको आवाज नै दर्शकको ध्यान तान्न सबैभन्दा सफल भएको बताएका छन् ।

    यशवन्तसहित थुप्रै सुपरहिट फिल्मका नायक उनलाई अन्तिम श्रद्धाञ्जली दिन पुनेको खडकवास्ला नजिक डोङ्गे गाउँमा रहेको कृषि फार्ममा पुगेका थिए ।

    पाँच दशकअघि मराठी नाटकबाट कला क्षेत्रमा प्रवेश गरेका नानाको पहिलो फिल्म भने सन् १९७८ मा रिलिज भएको गमान हो । परिन्दा, प्रहार, फाइनल एट्याक, क्रान्तिवीर, खामोसी, वजुद, अब तक छप्पन र सम्राट उनका नाम चलेका फिल्म हुन् ।

    सानो भूमिकामा रहने गरेका उनका लागि सन् १९८९ को पारिन्दा मुख्य ब्रेक थ्रु बनेको थियो । सोही चलचित्रबाट उनले पहिलो पटक राष्ट्रिय फिल्म अवार्ड र फिल्म फेयर अवार्ड समेत पाएका थिए ।

    सन् १९९० को दशकमा त उनलाई माथिल्लो स्टारको रूपमा स्थापित गरायो । उनको डाइलग, उनको अभिनय र उनको आवाज चिया पसलसम्म पनि धेरैलाई कण्ठ हुन्छ । प्रहरको मेजर चौहान, क्रान्तिवीरको प्रताप नारायण तिलकलगायत भूमिका र अभिनय अहिले पनि चर्चा छ ।

    खामोसीमा आवाजहीनको भूमिकामा उनले आफूलाई थप फराकिलो दायरामा प्रस्तुत गरेका थिए । निर्देशक प्रकाश झाले बनाएको राजनीतिमा उनको अभिनय दायरा यसरी फैलियो कि जुनसुकै शैलीको भूमिकामा उपयुक्त हुने नायकको रूपमा नाना पाटेकरलाई धेरैले चिन्न थाले ।

    क्यामरा पछाडि निर्देशक र लेखकको रूपमा समेत आफूलाई उभ्याउन सफल उनले अवार्ड जितेका पारिन्दा, क्रान्तिवीर र अग्नि साक्षीले उनीमा रहेको भर्सटाइल व्यक्तित्वलाई चित्रित गरेका छन् ।

    पछिल्लो समय मराठी र हिन्दी चलचित्रमा सक्रिय उनले भ्याक्सिन वार, वनवास, हाउसफुल ५ र ओ रोमियो लगायत फिल्ममा अभिनय गरे । तीन पटकको राष्ट्रिय फिल्म अवार्ड विजेता उनले थुप्रै फिल्म फेयर पुरस्कार पनि पाएका छन् ।

    थिएटरमा भने पुरुष र हमदवाई छि कोठी सफल फिल्म हुन् । सन् २०१५ मा उनी र अभिनेता मरकान्त अनसपुरे मिलेर नाम फाउन्डेसनको स्थापना भएको थियो । सो फाउन्डेसनले किसानको हित र महाराष्ट्रमा पानीको समस्याका बारे काम गर्छ ।

    त्यसो त नानाका थप विशेषता पनि रहेका छन् । धेरै चलचित्रमा प्रहरी अधिकृतको भूमिकामा देखिने गरेका उनको अभिनयबाट साँच्चैका प्रहरी अधिकृतहरू पनि प्रभावित थिए । यसैकारण उनको प्रहरी अधिकृतसँगको दोस्ती पनि थियो ।

    नानाका सफल चलचित्र

    उनको चलचित्रको बारे धेरै समीक्षकले फरकफरक धारणा राखेका छन् । तथापि केही फिल्मी समीक्षकहरूका अनुसार सन् १९८८ मा रिलिज भएको सलाम बम्बेलाई एउटा कोशेढुङ्गा मानिन्छ । सो फिल्म ओस्कारमा मनोनयनमा परेको थियो ।

    पारिन्दा त पायनियर चलचित्र नै थियो । आफैंले स्क्रिप्ट समेत लेखेको प्रहार फाइनल एटया्क सन् १९९१ मा रिलिज भएको थियो । यसको डाइलग पनि उत्कृष्ट मानिन्छ ।

    सन् १९९४ को क्रान्तिवीर एक्सन प्रधान फिल्म हो । सन् १९९६ को सस्पेन्स थ्रिलर अग्नि साक्षी अर्को चलचित्र हो । यस चलचित्रले उनलाई नयाँ शैलीको भूमिकामा स्थापित गराएको थियो । उनले दोस्रो राष्ट्रिय फिल्म अवार्ड यसै चलचित्रको लागि पाएका थिए ।

    खामोसीपछि अब तक छप्पनमा नानाले मुम्बई पुलिसको इन्काउन्टर विशेषज्ञको रूपमा अभिनय गरेका थिए । सन् २०१६ मा आएको नाट्य सम्राटले उनको अभिनय दायरालाई अझ फराकिलो बनाएको थियो ।

    जे भए पनि नाना पाटेकर भर्साटाइल एक्टर र एउटा असल मानिस भएकोमा विमति हुन सक्दैन । अब हाम्रो माझमा नरहे पनि कला पारखीले उनलाई लामो समयसम्म सम्झनेछन् ।

    – इन्डिया टुडे, इन्डियन एक्सप्रेस, बीबीसीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images