काठमाडौं– मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आज बेलुका हुँदैछ ।
२४ जना प्रतिस्पर्धीले मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
द हिडन ट्रेजरको आयोजनामा हुने कार्यक्रममा मुख्य तीन उपाधिसहित विभिन्न सहविधाका विजेता पनि घोषणा गरिनेछ ।
अन्तर्राष्ट्रिय पाहुनासमेत सहभागी हुने फिनाले हिमालय टेलिभिजनले आज साँझ ४ बजेदेखि प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















