images
images
  • हलमा नेपाली फिल्मको खडेरी, विदेशी चलचित्रको दबदबा

    काठमाडौं– नेपाली चलचित्र हलहरूमा यतिबेला विदेशी फिल्महरूको वर्चस्व देखिएको छ ।

    गत असार १९ गते कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा नआएपछि प्रमुख मल्टिप्लेक्सहरू विदेशी चलचित्रले भरिएका छन् ।

    असार १२ मा प्रदर्शनमा आएको ुजाँडु सहित हालैका नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न नसकेपछि हल सञ्चालकहरूले ती चलचित्र हटाएर विदेशी फिल्मलाई बढी शो दिएका हुन् ।

    क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज र आइएनआई सिनेमाजमा अहिले अधिकांश विदेशी चलचित्र प्रदर्शन भइरहेका छन् ।

    चलचित्र संघका सदस्य तथा वितरक समितिका सभापति करण श्रेष्ठ क्रेजीका अनुसार नयाँ नेपाली फिल्म तयार नहुनु र असारमा नेपाली फिल्म प्रदर्शन गर्न निर्माताहरूको अनिच्छा मुख्य कारण हो ।

    यद्यपि, आगामी असार २६ गते हिमाल उप्रेती निर्देशित नेपाली फिल्म ुभागदौडु प्रदर्शनमा आउने भएको छ ।

    वैदेशिक रोजगारी, सहकारी ठगी र सामाजिक यथार्थमा आधारित उक्त फिल्ममा निशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेललगायत कलाकारको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images