images
images
  • सेयर बजारमा ७ अंकको गिरावट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ।

    नेप्से आज ७.२९ अंकले घटेर १८५१.२३ मा बन्द भएको हाे ।

    बजार घट्दा ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १३६ वटाको घटेको छ। १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ। आज १ अर्ब रुपैयाँ मुनिको कारोबार भएको छ।

    आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ९६ करोड ४० लाख १० हजार ४३१.२७ रुपैयाँमा किनबेच भएका छन्।

    आइतबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ६ करोड ९५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यस्तै, हाथवे इन्भेस्टमेन्टको पनि ३ कराड १५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images