images
images
  • बैंकले १६ प्रतिशत ब्याज लिएको भए प्रमाण लिएर आउनुस् : गभर्नर अधिकारी

    काठमाडाैं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए बैंक ‘स्टेटमेन्ट’ लिएर आउन भनेका छन्।  १६ प्रतिशतभन्दा बढी ब्याजदर हुँदै नभएको भन्दै गभर्नर अधिकारीले अहिले बजारमा केही जमातले बैंकहरूले योभन्दा बढी ब्याज लिएको भनेर हौवा फैलाइएको दाबी गरे।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    ‘ऋण तिर्ने योजना बनाउन नसकेको कारण कति व्यवसायीहरू समस्या परेका छन्,’ गभर्नरले भने, ‘यो समस्या राज्यले लिएको नीतिको कारण भएको होइन। व्यवसायीको योजना नहुनु पनि हो।’ ब्याजदर बढेको कारण व्यवसायमा कति समस्या परेको छ भन्ने कुराको विश्लेषण नभएको समेत उनले बताएका छन्।

    व्यवसायको सम्पूर्ण लागतमा ब्याज लागत धेरै नहुने भए पनि सबैले यसैलाई मुद्दा बनाइरहेको समेत उनको भनाइ छ। आफ्नो कार्यक्षेत्रभित्रको जुनसुकै सुधार गर्न राष्ट्र बैंक तयार रहेको र  स्थिरताको विषयमा  सम्झौता नगर्ने समेत उनले स्पष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images