images
images
  • सेयर बजार १७ अंकले घट्यो

    काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।

    बुधबार नेप्से परिसूचक १७ दशलमव ९३ अंकले घटेर १,८७६ दशलमव ६० को विन्दुमा झरेको हो ।

    आज ४२ कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८५ कम्पनीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ कोडको शेयर कारोबार भएको छ ।

    बुधबार अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

    आज सबैभनदा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस्तै एनआइसी एशिया डिबेञ्चरको ५ करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images